काठमाडौं : पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर गएको छ रेक्टर स्केलको भूकम्प २०७२ सालपछिको ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बताए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
पछिल्लो समय पराकम्पनभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ ।
वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्पन हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पनको क्रम तीन/चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ ।
२०७२ यता गोरखा भूकम्पका पराकम्पन धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पनको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।
यो वर्ष सुरु भएयता १३ वटा भूकम्पमध्ये चारवटा पराकम्पन रहेको केन्द्रले जनाएको छ । बाँकी नौवटा नयाँ भूकम्प हुन् । गोरखापत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्