गुल्मीमा मृत अवस्थामा चितुवा भेटियो

होस्ट खबर २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ –  गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरबारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए ।

चितुवा के कारणले मरेको भन्ने खुलेको छैन । इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुगि अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताए । मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफैं मरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array