बंगलादेश आगलागी अपडेटः मृत्यु हुनेको संख्या ३० पुग्यो

होस्ट खबर २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं  – बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।

आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको आगोमा परी हालसम्म ३० जनाको मृत्यु भएको हो।

त्यहाँको अग्नि सेवाका अधिकारी जलाल अहमदका अनुसार सो आगलागीमा परी कम्तिमा सय जना घाइते भएका थिए। स्रोतका अनुसार अनुसार डिपोमा करिब ६०० जनाले काम गरेका थिए।

अग्नी नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए। आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घाइते भएका हुन्।आगलागीको कारण भने खुल्न सकेको छैन।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array