काठमाडौं – सरकारले रगतको मूल्य बढाएको छ । सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् । समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्