निजगढमा विमानस्थल बनाएरै छाड्ने अर्थमन्त्री शर्माको प्रतिवद्धता

होस्ट खबर २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिवद्धता जनाएका हुन्।

उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो। यसको लागि जे पनि गर्न तयार छु। यो जनार्दन शर्माको प्रतिवद्धता हो। शेरबहादुर देउवा सरकारको प्रतिवद्धता हो।’

अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे। उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए।

मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्