काठमाडौं – राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरुका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासंग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरी राप्रपाले आगामी असार १ गते ७६ जिल्ला र ७ वटा प्रदेशमा जिल्ला प्रशासन कार्यालय मार्फत र काठमाडौमा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्