मार्च महिनाको सबैभन्दा रोचक घटना भनेको नेपाली विद्यार्थीबाट हुने भिसा आवेदनमा भएको वृद्धि हो । गत मार्च महिनामा अष्ट्रेलिया पढ्नका लागि ४ हजार ७८८ जना नेपाली विद्यार्थीले आवेदन गरे । जबकि उक्त महिना ३ हजार ९३० जना चिनियाँ र ३ हजार ४८३ जना भारतीय विद्यार्थीले आवेदन गरेका थिए । तर अष्ट्रेलियामा विद्यार्थीहरुलाई हाल प्राप्त भएको असीमित समय काम गर्ने अधिकारका कारण भिसा आवेदनमा यस्तो उच्च वृद्धि भएको हो भने त्यो जोखिमपूर्ण हुनसक्दछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
२५ वैशाख, काठमाडौं । पछिल्लो ३० वर्षयता अष्ट्रेलियाको आप्रवासनको मुख्य संवाहकको रुपमा विदेशी विद्यार्थीहरु रहेका छन् ।
सन् २०२१ मा अष्ट्रेलियाको खुद आप्रवासन ऋणात्मक रहेकोमा सन् २०२४ सम्ममा दीर्घकालीन खुद आप्रवासन वार्षिक २ लाख ३५ हजार पुग्ने प्रक्षेपण गरिएको छ । तर उक्त प्रक्षेपित लक्ष्य पूरा हुने नहुने कुरा विदेशी विद्यार्थीको संख्यामा निर्भ
विश्वव्यापी आर्थिक संकटसँगै खुद आप्रवासनमा विदेशी विद्यार्थीको योगदान तीव्र गतिले घट्दै गयो जुन सन् २०१२।१३ मा Knight Review का सुझावको कार्यान्वयनसँगै बढ्न थाल्यो ।
सन् २०१४।१५ देखि अष्ट्रेलियाको खुद आप्रवासनमा विदेशी विद्यार्थीहरुको हिस्सा ४० प्रतिशत रहेको छ । कोरोना भाइरस महामारी सुरु हुनु अगाडि सन् २०१८।१९ मा अष्ट्रेलियामा विदेशीहरुको खुद आप्रवासनमा विदेशी विद्यार्थीको हिस्सा करीब ४७ प्रतिशत पुगेको थियो ।
यद्यपि सन् २०२१ कोे विदेश प्रवास अन्तिम तथ्यांक आइसकेको छैन तथापि महामारीका बेला खुद विदेशी आप्रवासनमा विद्यार्थीको योगदान उल्लेख्य रुपमा घट्यो । त्यस अवधिमा अष्ट्रेलिया आउने भन्दा अष्ट्रेलिया छाड्ने विदेशी विद्यार्थीको संख्या अधिक भयो । जसका कारण अष्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विदेशीहरुको संख्यामा पनि कमी आयो ।
सन् २०२१ को डिसेम्बरको अन्त्यमा अष्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विदेशीहरुको संख्या ३ लाख १५ हजार ९४९ थियो जुन सन् २०१९ को सेप्टेम्बरमा ६ लाख ३३ हजार १८६ थियो ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Chart-1-Overseas-Migration.jpg)
अष्ट्रेलियामा स्थायी आप्रवासन गर्ने सीपयुक्त जनशक्तिमा विद्यार्थीको योगदान उल्लेख्य छ । सन् २०२०।२१ मा अष्ट्रेलियामा स्थायी आप्रवासन हासिल गर्न सफल विदेशी विद्यार्थीको संख्या २३ हजार २९२ रहेको छ ।
सन् २०२०।२१ मा पार्टनर भिसा सुरक्षित गर्न सफल हुने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि हुनुमा लामो समयदेखि रोकिएको पार्टनर भिसाका आवेदनलाई फर्छ्यौट गर्नु पनि हो ।
विद्यार्थीहरुको स्थायी आप्रवासनको मार्गलाई कसिलो बनाउनु भनेको अस्थायी ग्राजुएट भिसायुक्त विद्यार्थीको संख्यामा निरन्तर वृद्धि गर्नु हो । यस्ता अस्थायी भिसाधारी विदेशी विद्यार्थीहरु वर्षौंदेखि अष्ट्रेलियामा आप्रवासन अन्योलमा बसिरहेका छन् जसका कारण उनीहरुको स्थायी बसोबासको मार्गप्रसस्त हुन सकेको छैन ।
यो कमजोर सार्वजनिक नीतिको परिणाम हो । अष्ट्रेलियाको दीर्घकालीन सीप आवश्यकतालाई सम्बोधन गर्ने पाठ्यक्रममा विद्यार्थीलाई निर्देशित गर्न नसक्नु तथा विद्यार्थीहरुले आफ्नो विद्यार्थी भिसालाई लम्बाउनका लागि मात्रै कम गुणस्तरीय शैक्षिक संस्थामा सस्तो विषय अध्ययन गर्नुले उनीहरुलाई स्थायी बसोबासको लागि निकै सीमित अवसर प्राप्त हुने गरेको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Chart-2-Student-Contribution-to-net-Migration.jpg)
अन्तर्राष्ट्रिय सीमा खुल्ला : नेपालको उदय
कोरोना महामारी पश्चात् अन्तर्राष्ट्रिय सिमाना पुनः खुल्ला भएसँगै अष्ट्रेलियामा पढ्न चाहने विदेशी विद्यार्थीको आवेदनमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ को अक्टोबरमा अष्ट्रेलियामा पढ्नका लागि ५ हजार ३८७ जना विदेशी विद्यार्थीले आवेदन गरेकोमा नोभेम्बरमा ११ हजार ४०६ जना पुगेको थियो । त्यस्तै डिसेम्बरमा २० हजार ५३२ पुगेकोमा सन् २०२२ को जनवरीमा २५ हजार ४१७, फेब्रुअरीमा २७ हजार १८३ र मार्च महिनामा २७ हजार १९८ पुगेको छ ।
स्मरण रहोस् अष्ट्रेलियामा विदेशी विद्यार्थीको आवेदन दर मार्च र अप्रिलमा घट्दछ भने जनवरीमा सबैभन्दा उच्च हुने गर्दछ । तर सन् २०२२ को मार्च महिनामा उल्लेख्य विदेशी विद्यार्थीको आवेदन परेको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Chart-3-Stock-of-student-visa-holders-in-Australia.jpg)
मार्च महिनाको सबैभन्दा रोचक घटना भनेको नेपाली विद्यार्थीबाट हुने भिसा आवेदनमा भएको वृद्धि हो । गत मार्च महिनामा अष्ट्रेलिया पढ्नका लागि ४ हजार ७८८ जना नेपाली विद्यार्थीले आवेदन गरे । जबकि उक्त महिना ३ हजार ९३० जना चिनियाँ र ३ हजार ४८३ जना भारतीय विद्यार्थीले आवेदन गरेका थिए ।
तर अष्ट्रेलियामा विद्यार्थीहरुलाई हाल प्राप्त भएको असीमित समय काम गर्ने अधिकारका कारण भिसा आवेदनमा यस्तो उच्च वृद्धि भएको हो भने त्यो जोखिमपूर्ण हुनसक्दछ । यदि त्यस्तो भएमा धेरै नेपाली विद्यार्थीहरु पहिलो श्रेणीका अष्ट्रेलियन शैक्षिक संस्थाबाट सस्तो कोर्स प्रदान गर्ने दोस्रो तथा तेस्रो स्तरका अष्ट्रेलियन शैक्षिक संस्थामा जान्छन् जहाँ पढाइमा कम चाप हुन्छ र धेरै थरी जागिर गर्नका लागि अधिक स्वतन्त्रता रहन्छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Chart-4-Stock-of-temp-graduate-Visa-Holders-in-Australia.jpg)
तर यसले धेरै नेपाली विद्यार्थीलाई आप्रवासन अनिश्चिततामा धकेल्नेछ । त्यस्ता विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता उपयोग गरी दक्ष रोजगारी प्राप्त गर्न तथा स्थायी बसोबासको मार्ग फेला पार्न पनि गाह्रो हुनेछ ।
विदेशी विद्यार्थीको भिसा आवेदनमा स्वीकृति दरमा पनि नेपाल अगाडि रहेको छ । गत मार्च महिनामा अष्ट्रेलियामा भिसा आवेदन गरेका नेपाली विद्यार्थीको आवेदन स्वीकृति दर ९१.८ प्रतिशत रहेकोमा भारतीय विद्यार्थीको ६५.५ प्रतिशत र पाकिस्तानी विद्यार्थीको ७३.४ प्रतिशत थियो ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Chart-5-Offshore-student-Applications.jpg)
पछिल्लो पाँच महिना यता नेपाली विद्यार्थीको स्वीकृति दर भारतीय तथा पाकिस्तानी विद्यार्थीको तुलनामा उल्लेख्य रुपमा धेरै रहेको छ । यसको कारण अष्ट्रेलियन शैक्षिक संस्थाहरुको भर्ना नीतिमा भएको परिवर्तन हो कि क्यानबेराको नीतिगत निर्देशन वा स्थानीय पक्षको प्रतिबिम्बन हो त्यो प्रष्ट हुन सकेको छैन । अप्रिलदेखि जुलाईसम्मको तथ्यांकबाट यस विषयमा थप प्रष्ट हुनेछ ।
यद्यपि विदेशी विद्यार्थीले अष्ट्रेलियामा अध्ययनका लागि गर्ने भिसा आवेदनको संख्या महामारी पूर्वको अवस्थामा पुग्नै लागेको भएपनि अध्ययनका लागि अष्ट्रेलिया पुग्ने विदेशी विद्यार्थीको संख्या भने अझै निकै कम छ । अहिले अष्ट्रेलिया अध्ययनका लागि आवेदन गरेका र भिसा स्वीकृति भएका विद्यार्थीहरुमध्ये अधिकांश आगामी सेमेस्टरको अगाडि मात्र अष्ट्रेलिया आउनेछन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Chart-6-Student-Arrivals-and-Departures.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/05/Table-1-Students-securing-permanent-Migration.jpg)
(अष्ट्रेलियाको अध्यागमन विभागका पूर्व उपसचिव डाक्टर अबुल रिज्बी स्तम्भकार हुन् । यो आलेख इण्डिपेन्डेन्ट अष्ट्रेलियाबाट भावानुवाद गरिएको हो ।)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्