काठमाण्डौ – मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न एक सूचना जारी गर्दै दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ । यस्तै योभन्दा पहिलेदेखि नै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रहरुमा पनि मागपत्र र सम्झौतापत्रका पेजहरु सोहीअनुरुप गर्न दूतावासकाे आग्रह छ ।साभार उज्यालो अनलाईन
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्