कर्णाली प्रदेश बजेट: कुन-कुन क्षेत्रको लागि कति बजेट ?

होस्ट खबर १६ जेष्ठ २०८१, बुधबार
3 Min Read
Aa

सुर्खेत : संघीय सरकारले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्रि बर्षमान पुनले कर्णालीका जिल्लालागि विभिन्न क्षेत्रमा बजेट प्रस्तुत गरेका छन् ।

सुर्खेतमा रहेको राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीयको हेडवक्र्स र विद्युत गृहको निर्माणका लागि दुई अर्ब तथा एकीकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड बजेट विनियोजन गरिएको छ । सुर्खेत मेडिकल कलेज स्थापना कार्य यथावत राख्दै निर्माणलाई तिव्रता दिइने उल्लेख छ ।

कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा दिवा खाजाको रकम वृद्धि गरिएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० शैयामा स्तरोन्नती गरिनेछ । जुम्लाको हिमा, तिला नदीको किनारमा मार्सी धान उत्पादन तथा विकास गर्न बजेट विनियोजन गरिएको छ। आगामी आव ०८१/८२ को बजेट भाषणमार्फत कर्णालीमा रहेका २ जलविद्युत आयोजना निर्माण गरिने अर्थमन्त्री पुनले बताए। उनले जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट डोल्पा र ४१७ मेगावाट जाजरकोट पनि निर्माण गरिने बताए।

उनले भेरी करिडोर ४०० केभी प्रशारण लाइन निर्माण पनि यसै वर्षबाट शुरु गरिने बजेटमा उल्लेख छ । चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवर्धन कार्यक्रम लागु र कर्णालीलाई जटिबुटी पर्यटन हव बनाइने कार्यक्रम समावेश छ ।

जाजरकोट, रुकुम पश्चिममा भूकम्पका कारण भत्किएका भौतिक संरचना निर्माण गर्न २१ अर्ब ६४ करोड रकम विनियोजन गरिएको छ।

कर्णाली करिडोर निर्माणमा गतिदिँदै उक्त सडकमा पर्ने पाँच पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिने बजेटमा समावेश छ । मदन भण्डारी राजमार्गको बाँकी काम सक्न ३ अर्ब ६० करोड तथा रत्न र कर्णाली राजमार्ग, भेरी कोरिडोर विस्तार र स्तरोन्नति गरिने आयोजना पनि बजेटले समेटेको छ ।

सल्यान–रुकुमको शारदा नदी आसपासमा कृषि कोरिडोर तथा जुम्लाको हिमा र तीला नदी आसपासमा मार्सी धान कोरिडोरको रुपमा विकास गरिनेछ । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका बजेट विनियोजन गरिएको छ । एक पालिका एक डाउनटाउन, स्थानीय सडक सुधार कार्यक्रम र कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि एक अर्ब ५० करोड बजेट छुट्टयाइएको छ ।

४१७ मेघाजट नलसिङगाड जलाशययुक्त जलविद्युत आयोजना निर्माण आरम्भ गर्ने र कर्णाली–चिसापानी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन शुरु गरिने अर्थ मन्त्री वर्षमान पुनले बताए ।

आधा घण्टा हिँडाइको दूरीभित्र तरितराउको सुविधा पु¥याउन झोलुङ्गे पुल निर्माण र कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम लागु गरिने अर्थमन्त्री पुनले बताए ।

भेरी र कर्णाली सडक त्रिदेशी योजना हुन् । बजेटमा डोल्पाको धो उपत्यका र हुम्लाको लिमी उपत्यकालाई नयाँ नमूना वस्ती निर्माण गर्नेगरी समावेश गरिएको छ ।

कृषितर्फ मध्य पहाडमा राष्ट्रिय फल सुन्तला तथा हिमाल र उच्च पहाडमा स्याउ कार्यक्रम बजेटले समेटेको छ । यस्तै, गाई भैंसी पालन स्रोत केन्द्रका रुपका विकास गरिने कार्यक्रम पनि बजेटमा समावेश छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्