सुर्खेत : जनताको लागि जनताले जनताकै राय सल्लाहबाट चलाइने शासन व्यवस्था नै प्रजातन्त्र हो भनी स्कुलमा पढेर बुझिएको थियो । विश्वबाट राजतन्त्र अन्त्य हुँदै गएको छ, नेपालबाट पनि दुस्ख दिने राजतन्त्रलाई मिल्काउनै पर्छ भनि कमिसनको सिनोबाट गनाएको बदनाम संसदीय दल र भारतका विरुद्ध सुरुङ युद्धको सदाकाल असम्भव नारामा जनता झुक्याउन माहिर भूमिगत दललाई बाह्रबुँदेको सियोधागोले एक ठाउँमा उनिदियो । कसैले बाचुन्जे राष्ट्रपति हुने र कोही नमरुन्जेल सत्ताको बागडोर समाउने लालचमा चुर्लुम्म डुबेर भित्री सहमति गरि, गद्दीको मातले भुइँ न भाँडामा भएका कारण जनताको सहानुभूति पटक्कै नपाएका राजालाई विधिवत बिदा गरियो । श्रीपेच फुकालेर गद्दीहीन राजा बाहिरीदा समेत गणतन्त्रको कल्पनामा रमाएका जनताले कुनै सहानुभूति राखेर दुस्ख मनाउ गरेनन् भित्री सहमतिको कुरा जनतालाई तत्काल थाह हुन सकेन ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
बाह्रबुँदेमा समेत उल्लेख नभएको भित्री सहमतिमा षड्यन्त्रको सइन पल्टियो । सइनले राष्ट्रपतिको सपना देखेका एक धुर्त मानसिकतालाई सत्ता घेराबाट बाहिर मात्र हुर्याएन उठ्नै नसक्ने गरि ओछ्यानमा ढालिदियो र अन्ततः कालले उठायो । दुख पाइस् मंगले आफ्नै ढंगले भने झैं हिजो कुनामा पछारिएका भित्तेराष्ट्रपति सत्ताको मातले उचालेर अनावश्यक सेनासँग सिँगौरी खेल्दा अहंकारको सिङ फुक्लेपछि रचुनावमा उत्तानो पछारिएपछि पनि आत्मालोचना गरेर कतै सुध्रिन चेष्टा गरेनन् । बरु आदर्श सिद्धान्त ईमान र नैतिकता पोलेर सत्तामा पुग्न मरिहत्ते गरेको दुर्दशा जनताले रमिता मानेर हेरिरहे ।
देखलमा जनताको र सारमा सत्ता तरमारा नेताका परिवारको गणतन्त्रले प्रजातन्त्रलाई सुरु सुरुमा ओझेलमा हालेको थियो । गणतन्त्रका चतुर वाचालले अग्रगमन र पश्चगमन भनी नेपाली जनतामा भ्रमको विशेषण रोपे । चतुरको व्याख्यामा प्रजातन्त्र पश्चगामी हो किनकि प्रजातन्त्रको अर्थमा राजा पनि अटाउन सक्छ तर गणतन्त्रले त राजालाई पटक्कै स्वीकार्दैन सबैलाई थाहा छ । फागुन ७ गतेको दिन प्रजातन्त्रलाई सम्झँदा राजा त्रिभुवनलाई बिर्सन मिल्छ त ? त्रिभुवन राजा भागेका हुन कि प्रजातन्त्रको लागि साँच्चै गद्दी नै त्यागेका हुन् यसको विषयमा फेरि छुट्टै छलफल बहस गर्न सकिन्छ । यहाँ २००७ सालको प्रजातन्त्र स्वीकार गरेपछि २०४७ सालको पुनः प्रजातन्त्रलाई किन नस्वीकार्ने ? दुबै समय कालको प्रजातन्त्र स्वीकारिसके पछि राजाको अस्तित्व किन नकार्ने ? राजा पृथ्वीनारायणको शालिक तोडफोड गर्न आफ्ना खेतालालाई भित्री सारमा उक्साउने गणतन्त्रले आज राष्ट्रिय एकता दिवस मनाउन मात्र होइन देशमा सार्वजनिक बिदा दिन समेत विवश छ । यदि यो कर्म विवश र बाध्यता भित्रको होइन भने आजसम्म कहाँ हराएको थियो बुद्धि र विवेक ? नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माण भनेर जनतालाई झुक्यानमा पार्न अर्को जाल फालिएको छ । राजा महेन्द्रले नेपाली माटो सुहाउँदो पञ्चायती प्रजातन्त्र भन्नू र गणतन्त्र परिवारवादका हिमायतीले माटो सुहाउँदो समाजवाद भन्नुमा के भिन्नता छ ? एउटा पश्चगामी अर्को अग्रगामी त्यही हो ? त्यो जालझेल र कपटी कुरा जनतालाई कदापि स्वीकार्य छैन । प्रजातन्त्र र राजाको अस्तित्व स्वीकार्न बाध्य गणतन्त्र सत्ताको लागि सबैथोक त्याग्न विवश छ । गणतन्त्रले प्रजातन्त्रको महिमा गान गर्नुपरेको छ ।
छ बर्षमा करिब छ सय अर्ब रकम सकेर संविधानसभाले २०७२ सालमा विश्वकै महंगो तर जनताको लागि अत्यन्त निकृष्ट संविधान दियो । पछिल्ला दिनहरुमा संविधान निर्माण गर्न टाठाबाठा १०/१२ जना बाहुन र २र४ जना अन्य जातिका चतुर सभासदहरुले सिंहदरबारमा होइन राति राति कहिले तारे होटल त कहिले रिसोर्टहरुमा दौडादौड गरे । रिसोर्टमा कस्तो संविधान लेखिन्छ जनतालाई के थाहा रु संविधान लेखनका लागि जनताबाट संकलन गरिएको राय सुझाव सबै दबाइयो, त्यसो गरेर नेपाली जनतालाई कहिल्यै बिर्सन नसक्ने अपमानको उपहार दिएको छ संविधानले । छ सय एकजना सभासदहरु मध्ये चतुर र टाठाबाठा करिब १४/१५ जना कतै बन्द कोठामा बसेर जनताको दुहाई दिँदै आफुहरुलाई अनुकुल पारी संविधान लेखे । बाँकी पाँच सय बयासी या चौरासी जना सभासद लाई ताली बजाउन लगाए । त्यही एक दिन ताली बजाउने कामका लागि उनीहरूले छ बर्षसम्म तलब भत्ता खाइरहे, तब पो देशले उन्नति प्रगतिमा खुबै फड्को मार्यो । जनताको भावना अनुरुप संविधान संशोधन हुने कुरा पनि धागो चुटेर हावामा हराएको चंगा झैँ भयो । केही विद्वानहरुको ठम्याइ छ, यो संविधानमा कसैले आफुलाई बादशाहको रुपमा कल्पना गरेको छ र चलाकी पूर्वक त्यो स्थान सुरक्षीत पारेको छ, जो सामान्य आँखाले देखिदैन ।
वरिष्ठ पत्रकार तथा विश्लेषक देवप्रकाश त्रिपाठी संविधानको प्रस्तावनामा नै ठूलो आपत्ति जनाएका छ्न । केही अधिवक्ता संविधानवीदहरुले यही अन्तरवस्तु सहितको संविधानबाट देश चल्न नसक्ने हुँदा संशोधन हुनु अपरिहार्य छ भनी निरन्तर आवाज उठाइरहेका छन । नेपालका बौद्धिक तथा चर्चित विश्लेषक सौरभले संविधानको भाग ८ धारा १०२ विषय उठाएर संविधान संशोधन होइन च्यात्नुपर्ने छ, यसबाट देश बेचिन सक्छ भन्ने ढंगको आपत्तिजनक सवाल उठाएका छन ।
त्यहाँ लेखिएको यस्तो छ, संविधानको धारा १०२ अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय :
धारा ८८ बमोजिम शपथ नलिएको वा संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले संघीय संसदको कुनै सदन वा त्यस समितिको बैठकमा उपस्थित भएमा वा मतदान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिबाना हुनेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
उल्लेखित धाराले यहाँ धेरै प्रश्न उठाउँछ । अनधिकार व्यक्ति सदनमा वा समितिमा कसरी आउँछ ? कसले किन ल्याउँछ ? प्रत्येक पटक पाँच हजार तिरे पुग्ने तर अरु कारबाही किन नहुने ? अनधिकारले मतदान गरेमा जरिवाना लिएर मतपत्र सदर गर्ने ? फेरि प्रश्न उठ्छ संविधानमा यस्ता गलत प्राबधान लाई किन सुरक्षीत राखियो ? यी प्राबधान मेटाउन खोज्दा अनेक अत्तो थापेर संविधान बन्न नदिने र संविधान बनेमा यी लुपहोल कायमै रहने भयो । विभिन्न व्यवधानका बीचमा संविधान जारी भएको छ भनी अप्रत्यक्ष रूपमा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ बोलिसकेका छन ।
यसैगरी हिजो अन्तरिम संविधानमा हिन्दुराष्ट्र लाई धर्म निरपेक्ष राष्ट्र बनाउँदा स्वार्थमा फसेर नेपाली कांग्रेसले त्यसका विरुद्ध आवाज उठाउन नसकेकोले देशले दुस्ख पाएको छ । विदेशी विधर्मीहरुको स्वार्थका लागि आज असी प्रतिशत हिन्दुजनको हृदयमा चोट पुगेको छ । एनजीओ र आइएनजीओले चलाएका ठूला दलका भातृ संगठनहरु हिजो डलरको प्रभावमा परेर हिन्दुधर्म लाई उपेक्षा गर्न प्रेरित भएको प्रष्ट देखिएको छ । पर्यटनमन्त्रीले कोही अर्को धर्मको समर्थनमा सनातन हिन्दुधर्मलाई दुत्कार्दा उचालिनेहरु नै यसको दृष्टान्त हुन् । हामी कम्युनिस्ट हुनुको नाताले कृश्चियन हाम्रो नजिक धर्म हो भन्ने ढंगबाट हिजो गणतन्त्रको कोही हिमायतीले दिएको अभिव्यक्ति जनताले भिडियो क्लिपमा हेरिसकेको हुनुपर्छ भन्ने लाग्छ । यतिखेर कांग्रेस महासमितिको बैठक बसिरहेको छ । कांग्रेसको आफ्नो अस्तित्व जोगाउन मात्र होइन देशलाई न्याय गर्न पनि हिन्दुराष्ट्रका पक्षमा मत जाहेर गरि पारित गर्न समेत अलमलिनु हुँदैन ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्