भोलि घटस्थापना गर्न शुभ साइत कति बजे ? जमरा किन र कसरी राख्ने ?

होस्ट खबर २७ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

सुर्खेत : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थपना गर्ने साइत भोलि बिहान ११ बजेर २९ मिनेटमा परेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने प्रचलन छ ।

भोली बाट नवरात्रीको अरम्भ हुदै छ । पहिलो दिन जमरा राख्ने चलन सबैको छ । पहिलो दिन नवदुर्गामध्ये शैलपुत्रीको पुजा एवं आराधना गरी घटस्थापना गरिँदै छ ।

घटस्थापनामा चोखो माटोको घडामा वरिपरी गोबर लेपन गरी जौ राखिन्छ । उक्त घडा दशैँ घर वा पुजाकोठामा राखी नवदुर्गाका लागि नौ भाग जमरा राखिन्छ ।

विजया दशमीका दिन प्रयोग गर्न चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमाथि जौ, गहुँ, धान लगायतका विजबाट जमरा राखिन्छ ।

कसरी गरिन्छ घटस्थापना ?

–समस्त देवी, देउताको आह्वान गर्दै दियो, कलस र गणेशको पुजा गर्ने । फलादी र नैवद्य अर्पण गर्ने ।
–शौभाग्य वस्त्रसहित देवी शक्ति स्वरुपा दुर्गाको पुजासहित आरती गर्ने । दुर्गा सप्तसति महाकाली, महालक्ष्मी र महासरस्वतीको पुजा गर्ने ।

–सबै देउताको पुजा गरिसकेपछि नवरात्रीको पहिलो दिन शैलपुत्रीको नाममा उपलब्ध भएका सामाग्रीका साथ पुजा अघि बढाउने । चोखो स्थानबाट माटो अथवा बालुवा ल्याउने र गाईको गोबरले लिपपोत गरिएको कोठामा जौ, मकै, गहुँ लगायतलाई विजारोपण गरी जमरा राख्ने ।

–जमरा राख्दा वस्त्रसहित सबै सामान शुद्ध गर्नुपर्छ । त्यसपछि आह्वान गर्नुपर्ने देविदेउताको आह्वान गरी पूजा गर्ने l

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array