राप्रपा सांसदले पूर्वराजालाई बडामहाराज भनेपछि कर्णाली प्रदेशसभामा हंगामा

होस्ट खबर १३ जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० का उद्देश्य, प्राथमिकता र नीतिमाथि शुक्रबार छलफल चल्दै थियो । बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोले । कँडेलपछि बोल्ने पालो आयो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सन्तोषी शाहीको ।

शनिवबार वीरेन्द्रनगरमा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दनको कार्यक्रम राखेका छन् । राप्रपा सांसद शाहीले यही सन्दर्भमा आफ्नो लिखित मन्तव्यमा पूर्वराजा र तिनका परिवारको नाम उच्चरण गर्दै कर्णाली प्रदेशसभामार्फत स्वागत गरिन् । ‘सर्वप्रथम म हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मिति २०८० जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सवारी हुन लाग्नु भएका बडामहाराजाधिराज सरकार ज्ञानेन्द्र विरविक्रम शाहदेव र बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाह, युवराज्ञी हिमानी शाहलगायत मौसुफहरूको भ्रमण टोलीमा सहभागी सबै पाहुनाहरूलाई म कर्णालीमा पार्टीकोतर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु ।’

शाहीले संविधानले नचिन्ने बडामहाराजाधिराज सरकार भनेपछि नेकपा माओवादी केन्द्रका सांसद विन्दमा विष्टले नियामपत्ति जनाए । सभामुख नन्दा गुरुङ्गले विष्टलाई सोधिन ‘के होला मान्यज्यू ।’ विष्टले प्रदेशसभामा नेपालको संविधान र प्रदेशसभा नियामावलीभित्र रहेर सदस्यले धारणा राख्नुपर्ने नियामापत्ति जनाएपछि विष्ट र शाहीबीच सवाल जवाफ भयो ।

विष्टले भने, ‘सभामुख महोदय हामी यो प्रदेशसभाको सभामा नेपालको संविधानअन्तर्गत रहेर छलफल, बहस लगायतका कार्यक्रमहरू अगाडि बढाइ राखेका छौं । नेपालको संविधानले श्री ५ बडामहाराजधिरा, श्री ५ बडामहारानी भनेर कहिँ पनि कहिले पनि बुझ्दैन, चिन्दैन, जान्दैन संविधानले नचिनेका नजानेका कुराहरू आज यो हाम्रो सम्मानित प्रदेशसभामा बडामहाराज र बडामहारानी भनेर सम्बोधन हुने र बेलाबेलामा भइराख्ने जो भइराखेको छ, त्यसमा म यो सम्मानित सभामा माननीय सभामुखमार्फत म आपत्ति व्यक्त गर्न चाहन्छु । यस्ता प्रकारका शब्दवलीहरू यो रेकर्डबाट हटाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

जवाफमा राप्रपा सांसद शाहीले भनिन्, ‘यो हाम्रो पार्टी र मेरो आस्थाको विषयवस्तु भएको हुनाले मैले यो विषय प्रस्तुत गरेकी हुँ । र जनताबाट चुनिएर म आज यो सदनमा उभिरहँदा मैले मेरो आस्थालाई बोल्न नमिल्ने छ र रु म यो प्रश्न गर्न चाहन्छु, सबैले आफ्नो पार्टीका सिद्धान्तहरूलाई सदनमा बुलन्द आवाज दर्शाउन, तेर्साउन हुुने मैले मेरो पार्टीको आस्थालाई मेरो मुलधारको आस्थालाई मैले बोल्नै नपाउने यो कुन तन्त्रमा लेखिएको छ रु यसको भत्र्सना गर्छु ।’ उनले थपिन्, ‘गरिमामय सदनमार्फत मौसुफको प्रदेश राजधानी वीरेन्द्रनगरमा स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित भएको छु । विदेशी हस्तक्षेप, भ्रष्टाचार, बेतिथिले आक्रान्त कर्णालीवासी बडामहाराजाधिराज सरकारको भ्रमणले।’

त्यतिकैमा ढ्यापढ्यापसहित हल्लासहितको आवाज सुनिन्छ । सभामुख गुरुङ्गले भन्छिन् ‘रोक्नुस मान्यज्यू रोक्नुस् ।’ केही समयपछि सभामुखले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई बोल्न आह्वान गर्छिन् । शाही भन्छन्, ‘नियामापत्ति त अघि मान्य सदस्यज्यूले गरिसक्नुभो । यो सभालाई कतातिर डोर्‍याइँदै छ । सभामुखज्यू नयाँ हुनुहुन्छ । सचिवज्यू पुरानो हुनुहुन्छ । बोल्ने तरिका के हो भन्ने कुरा पनि यो सभाले निर्धारण गर्ने हो भने, सभाको मर्यादा कहाँ जान्छ ?’

कांग्रेस नेता शाहीले दोस्रो नम्बरमा एक सिट रहेको राप्रपाका सांसदलाई बोल्न दिएकोमा सभामुखको ध्यानाकर्षण गराए । मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, ठूलो दलका नेतापछि अन्य दलको पालो आउने भन्दै यस्ता गल्ती नदोर्‍याउन सचिवालयलाई चेतावनी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array