प्रचण्ड र लामिछाने दुवैको अडान ‘गृह’ मै

होस्ट खबर १८ बैशाख २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम कसरतमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शीर्ष नेतासँग प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने बिषयमा छलफल गरेका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले रास्वपा अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरे । चितवन २ बाट पुनः सांसदमा निर्वाचित भएपछि लामिछानेलाई बधाई दिँदै सरकारमा सहभागी हुन प्रचण्डले प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्ताव स्वीकार गर्दै अध्यक्ष लामिछानेले यसअघि सरकारमा सहभागी हुँदा पाएकै मन्त्रालय पाउँनुपर्ने अडान राखेको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि गृह, स्वास्थ्यसहितका मन्त्रालय पाएको रास्वपाले पुनः सोही मन्त्रालय पाए सरकारमा सहभागी हुन सक्ने जनाएको छ । तर, गृह मन्त्रालय माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले सम्हालिरहेको र सो मन्त्रालय आफ्नै पार्टीसँग राख्न खोजेकाले सहमति जुट्न सकेन ।

सोमबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । सोही बैठकमा सरकारमा सहभागी हुने÷नहुने निर्णयका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा निर्णय हुँदै छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागी हुने नहुने, समर्थन फिर्ता लिने कि नलिने भन्ने’दयगत केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय हुने बताए ।

‘सरकारमा सहभागी हुने कि नहुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने’दयगत अहिले नै केही बोलिहाल्ने अवस्था छैन’ प्रवक्ता ढकालले राजधानीसँग भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार बस्दै छ सोही बैठकबाट के गर्ने भन्ने निर्णयअनुसार नै हुन्छ ।’

यसैगरी, रास्वपा उपाध्यक्षसमेत रहेका संसदीय दलका नेता डोलप्रसाद अर्यालले शनिबार दलको नेताबाट राजीनामा दिएकाले सोमबारको बैठकबाट अध्यक्ष लामिछानेलाई दलको नेता चुन्दै छन् ।

बालुवाटार स्रोतका अनुसार रास्वपाले गृह पाए सरकारमा सहभागि हुने नपाए नहुने अडानमा राखेको छ । गृह मन्त्रालय पाउनै पर्ने अडान राख्दै आएको रास्वपाले सो मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता समेत लिन सक्ने चेतावनी प्रचण्डलाई दिएको छ । साथै रास्वपाले सरकारको न्यूनतम साझा कार्यक्रम पनि पुर्नलेखन गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारमा सहभागी हुन रास्वपालाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको बताए ।

उता सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम टुंगो लगाउने’दयगत पार्टीका शीर्ष नेतासँग आइतबार छलफल गरेका छन् । कांग्रेसले आफ्ना तर्फबाट मन्त्री बन्नेको नाम नपठाउँदा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डसँग अहिले चार मन्त्रालय र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग दुई मन्त्रालय छ ।

कांग्रेस सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको असन्तुष्टिका कारण मन्त्रीको नाम तय गर्न सकेका छैनन् । प्राथमिकतामा नपरेका मन्त्रालय आफ्नो समूहलाई दिन खोजेको भन्दै शेखर–गगन समूह असन्तुष्ट छ । देउवा भने पार्टीभित्र समझदारी बनाएर नाम टुंगो लगाउने कसरतमा छन् । कांग्रेसबाट मन्त्री बनेका पाँचै जना संस्थापन पक्षका छन् । गठबन्धनको सहमतिअनुसार कांग्रेसले अब चार मन्त्री र एक राज्यमन्त्री पठाउनु पर्नेछ ।

कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय सम्हाल्ने गरी मन्त्रीको नाम पठाउनुपर्नेछ । कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएकोमा जनमत पार्टी सरकारबाट अलग भएपछि खानेपानी मन्त्रालय पनि थपिएको हो । उद्योग मन्त्रालय नपाएपछि जनमत १७ चैतमा सरकारबाट बाहिरिएको थियो ।

प्रधानमन्त्रीमा प्रचण्डले ११ पुसमा शपथ लिएकै दिन जनमतले आफ्नो पार्टीबाट खानेपानीमन्त्रीमा अब्दुल खानलाई पठाएको थियो । जनमतले कृषि र उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । सरकारबाट बाहिरिए पनि उसले समर्थन भने फिर्ता लिएको छैन । देउवाले आन्तरिक शक्ति सन्तुलनको समस्या देखाएपछि गठबन्धन खानेपानी मन्त्रालय कांग्रेसलाई दिन सहमत भएका थिए । यो खबर आजको राजधानी दैनिकमा छ l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्