कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

होस्ट खबर २३ फाल्गुन २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं : संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तो’डेर कांग्रेससहित आठ दलको नयाँ गठबन्धन बनेसँगै एमाले कांग्रेसलाई प्रधानमन्त्रीको प्रलोभन देखाउँदै ,

मध्यावधिको पासो थाप्ने दाउमा लागेको हो । एमालेका महासचिव शंकर पोखरेलले मध्यावधिकै संकेत गर्दै भने– ‘यो जनादेश एक प्रकारले भन्नुपर्दा राष्ट्रको आवश्यकता अनुसारको जनादेश होइन । चुनाव भयो भने एमालेका लागि कुनै समस्याको विषय छैन ।’

तर, मौकामा लाभ प्राप्त गरेका दलहरूका लागि फेरि अर्को चुनावमा के होला भन्ने शंका छ । राष्ट्रपतिको निर्वाचनपश्चात कांग्रेसकै नेतृत्वमा सरकार बन्यो भने ती दलहरूले कांग्रेसलाई साथ दिइहाल्छन् भन्ने महासचिव पोखरेलको भनाइले एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने र नयाँ राजनीतिक कोर्समा अघि बढ्ने

रणनीतिमा लागेको देखिन्छ ।सातौं प्रधानमन्त्रीको प्रतीक्षा गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा साढे ३ वर्षसम्म धैर्यपूर्वक नबस्ने टिप्पणी गर्दै पोखरेलले भने–‘सत्ता राजनीति भनेको शक्ति संघर्षको खेल पनि हो । त्यसका बाछिटाहरू २५ गतेको राष्ट्रपति निर्वाचनपछि सतहमा आइहाल्छन् ।’

माओवादीलाई छोड्दा कांग्रेसको नेतृत्वको सरकार बन्ने जिकिर गर्दै उनले भने– ‘संविधानमा त धारा ७६ को उपधारा २ अन्तर्गतको सरकारले बहुमत गुमायो भने त्यसपछि उपधारा ३ अन्तर्गतको सरकार बन्छ । त्यसैले ठूलो पार्टीको हैसियतमा सरकार बनाउने अधिकार कांग्रेसको हुन्छ ।

आफ्नो हातमा आएको सरकार छाडेर साढे तीन वर्षसम्म प्रचण्डको आदेश मानिरहने कुरा कांग्रेसका लागि स्वीकार्य होला त रु’उसो त एमालेका अधिकांश नेताहरूले राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा बनेको आठ दल र वर्तमान प्रधानमन्त्रीको पदसमेत लामो समय नटिक्ने दाबी गरिरहेका छन् ।

एमाले नेता शेरबहादुर तामाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री पद राष्ट्रपतिको निर्वाचनसम्म रहने नरहने टुंगो नभएको सावैजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् ।कांग्रेसका नेताहरू एमालेले जुन खालको पासा फाले पनि कांग्रेस यो गठबन्धनबाट विचलित नहुने बताउँछन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमाले सत्ता बाहिर पुगेपछि छटपटाएर अनेक फण्डा गर्न थालेको आरोप लगाउँदै भने–‘चुनाव अघिको गठबन्धन प्राविधिक कारणले केही समय भिन्न भयो । एमालेले त्यसैलाई सबैभन्दा ठूलो उपलब्धि ठानेर लागेको थियो । तर, दुई महिना पनि टिक्न सकेन ।

अब एमालेले फेरि अनेकन तुरुपहरू फाल्न थालेको छ, त्यसले यो गठबन्धनलाई केही फरक पर्दैन । हामी संविधानको व्यवस्थामा सचेत छौं ।’उता माओवादी केन्द्रका नेताहरूले पनि राष्ट्रपतिका सवालमा एमाले राष्ट्रिय सहमतिको बाधक भएकाले गठबन्धन टुटेको बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्