वीरेन्द्रनगरका योजनाकार माथेमा भन्छन्: ५० बर्षमा वीरेन्द्रनगर धेरै परिवर्तन भएछ !(भिडिओ सहित)

होस्ट खबर ९ फाल्गुन २०७९, मंगलवार
3 Min Read
Aa

५० बर्षमा वीरेन्द्रनगर धेरै परिवर्तन भएछ, मध्यपश्चिमको केन्द्र बनाएर नक्शा कोरेको थिएँ !”

सुर्खेत : अहिलेको कर्णालीको राजधानी सुर्खेत आवादीका हिसावले निकै भरिभराउ छ । प्रादेशिक राजधानी भइसकेपछि यसको महत्व धेरै बढेको छ भने पूर्वाधारको विकास पनि भएकै छ । सहरी विकास योजनाका विज्ञ तथा वीरेन्द्रनगरका योजनाकार माधवभक्त माथेमाले पनि अहिलेको वीरेन्द्रनगरमा धेरै परिवर्तन देख्न पाएको बताए ।

पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिकामध्येको एक हो । २०२९ सालमा पहिलोपटक सुर्खेत आएका उनले होष्ट खवर संगको साक्षात्कारमा भने, ‘यो ५० बर्षमा सुर्खेत धेरै हिसावले परिवर्तित भएको छ । तर पहिले पनि यो क्षेत्रीय केन्द्रकै रुपमा थियो, अहिले पनि केन्द्र नै हो ।’ ।

सरकारी सेवाबाट रिटायर जीवन बिताइरहेका इन्जिनियर माथेमा ५० वर्षपछि सुर्खेत आउँदा वीरेन्द्रनगरवासीले उनलाई धेरै जिज्ञासा राखे । नेपालका धेरै शहरहरु मध्यको उत्कृष्ट मानिएको वीरेन्द्रनगरका योजनाकार उनै माथेमाले ३ तहमा सुर्खेतको नक्शाङ्कन गरेका रहेछन् । उनले कृर्षी नगर विस्तार र प्रशासनिक रुपमा वीरेन्द्रनगरलाई हेरेर नक्शा कोरेको बताए ।

वि.सं २०२२ अघि सुर्खेत उपत्यकामा वस्ती थिएन, कारण यहाँ औलोको प्रकोप थियो र गोठीकाँडा लगायतका स्थानमा नै मानिसहरु वसोवास गर्दथे । उपत्यकामा खेतीपाती मात्रै गरिन्थ्यो र दक्षिणतिरको केही स्थानमा थारु जातिको वसोवास पातलो थियो । राजा वीरेन्द्रले २०२९ सालमा अध्यादेशमार्फत नगर विकासको अवधारणा अघि बढाए र त्यसै बेला वीरेन्द्रनगरको पनि गुरुयोजना बनाइयो । यो उपत्यकालाई २०३९ सालदेखि वीरेन्द्रनगर नगरपालिका भनेर चिन्न थालिएको हो । २०२४ सालतिर अमेरिकाबाट आएका स्वयमसेवकहरूले उपत्यकामा बाटोको रेखांकन गरेका थिए ।

माथेमाको सुर्खेत आउने योजना एक्कासि बनेको हो । ‘भर्खर अमेरिकाबाट अर्बान अर्थात शहरी प्लानिङमा मास्टर्स सकेर काठमाडौं आएको थिएँ, कोठामा नपस्दै प्रमुख इञ्जिनियरले चिठी थमाएर सुर्खेत जानुपर्‍यो भन्नुभयो,’ ३५ वर्षपछि सुर्खेत आएका माथेमाले भने, ‘मैले पनि हुन्छ भनेर सुर्खेत आएँ, त्यतिबेला संयुक्त राष्ट्रसंघ विकास परियोजनाको जहाज १५ हजारमा चाटर्ड गरेर मेरो समूह सुर्खेत आएको थियो ।’

माथेमाका अनुसार काठमाडौं बसेर वीरेन्द्रनगर उपत्यका पत्ता लगाउन निकै कठिन भएको थियो । त्यो बेला माथेमा समूह सुर्खेतमा केही समय बसेर वीरेन्द्रनगर उपत्यकाको विकास योजना बनाएको थियो । प्रस्तुत छ होष्टखबरका सह–सम्पादक प्रेमप्रकाश खड्काले उनै योजनाकार माथेमा संग गरेको यो कुराकानी ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array