के छ रङ्गकर्मी आचार्यको ‘डान्सबार’ मा?

होस्ट खबर १२ माघ २०७९, बिहीबार
4 Min Read
Aa

सुर्खेतः कर्णाली चौसठ्ठी कलाले युक्त छ र कलाको कुनै एकिन सिमाना छैन । नेपाली खस भाषाको उद्गम स्थल कर्णालीमा कला मात्रै होइन, साहित्य पनि अन्यत्र जस्तै हृदयवर्ती र सर्वश्री छ ।

कर्णालीलाई चिनाउने थुप्रै साहित्यकार र कलाकार मध्य उमालाल आचार्य सर्वप्रिय नाम हो । वि.सं. २०४८ सालमा नाटक (रंङ्गमञ्च) को यात्रा शुरु गरेका बरिष्ठ कलाकार तथा साहित्यकार आचार्यलाई पनि कर्णाली यी दुवै विधामा मोफसल जस्तो लाग्दैन । उनलाई २०४८ सालमा आँपैmले लेखेको नाटक ‘अधुरो जिवन’ को निर्देशन र कलाकार दुवै हुँदाका दर्शक र साहित्य प्रति पाठकको रुची अहिले पनि उस्तै लाग्छन् ।

सरकारी जागिरे हुँदा पनि रङ्गमञ्चमा दर्शकको ध्यान उत्तिकै खिचेका आचार्यले साहित्यलाई पनि संग–संगै अघि बढाए । सुर्खेतको पहिलो पत्रिका बुलबुलेमा वि.सं. २०४७ तिर उनले लेखेको कथा ‘विजय’ प्रकाशित भएपछि उनि साहितय तिर पनि हौंसिए । जागिरे जिवन र त्यसमा पनि १० बर्षे सशस्त्र द्वन्द्वको त्रासले अर्चायको कला साहित्यलाई रोक्न सकेन ।

उनले वि.सं. २०५८ मा चरम द्वन्द्वको समयमा लेखेको नाटक ‘मौन धारण’ महेन्द्रनगरमा प्रर्दशन हुँदा प्रशासकहरु स्तव्ध थिए, दर्शकहरु रोएका थिए । त्यो समयमा त्याँहा राष्ट्रिय नाटक महोत्सव आयोजना गरिएको थियो । रङ्गमञ्चिय यात्रामा उनले थुप्रै नाटकहरु लेखे, निर्देशन गरे र आँपैmले कलाकार भएर अभिनय समेत गरे । दर्शकहरु भन्छन्, ‘उमालालका नाटक निकै मौलिक हुन्छन् ।’ जागिरे जिवनबाट अवकाश पाएपछि अहिले पनि उनको रंङ्गमञ्च र साहित्य यात्रा निरन्तर अघि बढिरहेको छ ।

उनले वि.सं. २०५८ मा चरम द्वन्द्वको समयमा लेखेको नाटक ‘मौन धारण’ महेन्द्रनगरमा प्रर्दशन हुँदा प्रशासकहरु स्तव्ध थिए, दर्शकहरु रोएका थिए । त्यो समयमा त्याँहा राष्ट्रिय नाटक महोत्सव आयोजना गरिएको थियो ।

नेपाली परिवेश र कर्णालीको व्यथालाई टपक्कै टिपेर साहित्यमा पोख्न पारंगत आचार्यले पछिल्लो समय दोश्रो कृतिका रुपमा कथासंग्रह ‘डान्सबार’ लिएर पाठकमाझ आएका छन् । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको यो कथा संग्रहमा ८ वटा कथाहरु समावेश गरिएको छ । साहित्यकार आचार्यले ‘फिक्शन’ शैलीमा लेखेका कथाहरु मध्य ‘डान्सबार’ निकै मार्मिक छ । ग्रामिण क्षेत्रमा जागिरे जिवन व्यथित गरेको एउटा पात्रले बा को उपचारका लागि सञ्चयकोष रकम झिक्न काठमाडौं जाँदा परिबन्धमा परेर डान्सबार पुगेको र उसको सबै पैसा लुटिएको कुरा ‘डान्सबार’ भित्र पढ्न पाइन्छ ।

कथाको प्रत्यक सिक्वेन्स र प्लट यसरी मिलाइएको छ कि पुरै कथा संग्रह पढ्दा पनि धित् मर्दैन । अर्को कथा ‘कुरुवा’ ले कर्णालीको विकट गाँउका गरिब जनताको गरिबी जिवनलाई पाठकहरु अघि छताछुल्ल पारेको छ । निर्दयी सरकारका लागि कर्णालीले गरिबी मार्पmत चुनौती दिएको कटु यर्थात पढ्दा सरकार प्रति जति रिस पोखे पनि कम नै लाग्छ । कर्णालीको मौलिक भाषालाई अस्पतालमा बिरामी श्रीमान्को कुरुवा बसेकी एक महिलाले मर्मस्पर्शी रुपले समेटिकी छिन् ।

प्रेम, मिलन, विछोड, सामाजिक जिवन शैली, र गाउँ देखि शहर सम्मका मौलिक घटनालाई साहित्यकार आचार्यले टपक्क टिपेर कथामा समेटेका छन् । समकालिन साहित्यमा यर्थातवादी धारलाई मौलिकता संग जोडेर कथामा समेट्ने खुवी भएकाले यस अघिको उनको कृति (कथा संग्रह) ‘कसुर’ पनि निकै चर्चित भयो ।

त्यस्तै, भरोसा, एउटा पर्चा, पहिरो, अनुराग, दिदी लगायतका कथाहरु आम पाठकका लागि निकै रुचिकर खुराकका रुपमा रहेका छन् । कथा ‘कालो पूर्णिमा’ मा जागिरे मानिसको जिवन शैलीलाई संयोगान्त हुदै कथाकारले वियोगान्तमा अन्त्य गर्दा निकै मर्मस्पर्शी र भावुक बनाउँछ । प्रेम, मिलन, विछोड, सामाजिक जिवन शैली, र गाउँ देखि शहर सम्मका मौलिक घटनालाई साहित्यकार आचार्यले टपक्क टिपेर कथामा समेटेका छन् ।

समकालिन साहित्यमा यर्थातवादी धारलाई मौलिकता संग जोडेर कथामा समेट्ने खुवी भएकाले यस अघिको उनको कृति (कथा संग्रह) ‘कसुर’ पनि निकै चर्चित भयो । यो कृति वि.सं. २०७३ मा रत्न पुस्तक भण्डार ले नै प्रकाशन गरेको थियो । निम्न र मध्यमवर्गीय जनजीवनको वाध्यतालाई मार्मिक ढंगले कथामा उतार्न सक्ने खुवी नै आचार्यको विशेषता हो । घटनाप्रधान र चरित्रप्रधान दुवै खाले कथामा कलम चलाउने साहित्यकार आचार्य कर्णालीमैं साहित्य र रंङ्गकर्मलाई न्याय दिइरहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्